काठमाडौं । कोरोना भाइरस (कोभिड १९)संक्रमण शुरु भएयता आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै उडान तथा अवतरण हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज आन्तरिकतर्फ १२४ उडान र १२४ अवतरण हुनेछन्
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २१ उडान र २१ अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बताउनुभयो ।
यो उडान–अवरतण संख्या ०७६ चैत यताकै सबैभन्दा धेरै हो । त्रिभुवन विमानस्थल हाल सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विभानस्थल हो । आन्तरिकतर्फ बुद्ध , यति, श्री, सौर्य, सीता, तारा, समिट र नेपाल एयरलाइन्सले हवाई सेवा दिइरहेका छन् ।