Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्ने सम्भावना कति ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्ने सम्भावना कति ?

  • सोमवार, बैशाख १३ २०७८

  • 1.1K
    SHARES

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्ने सम्भावना कति ?

    काठमाडौं । यतिवेला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको संयुक्त बैठक जारी छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने वा नलगाउने भन्ने विषयमा उनीहरुबीच छलफल चलिरहेको छ ।

    प्रजिअहरुबीच छलफल चलिरहँदा यता सामाजिक सञ्जाल तथा मिडियाहरुमा बिहीबारदेखि निषेधाज्ञा लागिसकेको हल्ला चलिरहेको छ ।

    यसैबीच, प्रजिअनिकट स्रोतहरुले निशेधाज्ञाबारे अन्तिम निर्णय नभइसकेको छलफल जारी रहेको बताएका छन् ।

    नेपाली नेटवर्कसँगको कुराकानीमा उनीहरुले पछिल्लो समयमा नेपालमा कोरोना संक्रमित संख्या अत्याधिक बढिरहेकाले त्यसको रोकधामका लागि निषेधाज्ञा लगाउने सम्भावना प्रबल रहेको जनाएका छन् ।

    नेपालका बाँके, बर्दिया सुर्खेतलगायतका केही जिल्लाका स्थानीय तहहरुमा भने निषेधाज्ञा जारी भइसकेको छ ।

     


    सोमवार, बैशाख १३ २०७८०२:३६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij