काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ ।
बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको हो।
बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिसोर्टमा पुगेका थिए, जहाँ एमाले संसाद महेश बस्नेत पनि पुगेका थिए ।
महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको बताइएको छ ।
महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको हो। संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएन।