एजेन्सी – एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।
गएराति खेलमा ओसासुनालाई २–१ गोलले पराजित गर्दै एथ्लेटिको उपाधि नजिक पुगेको हो ।
एथ्लेटिको सात वर्षपछि पहिलोपल्ट ला लिगा उपाधि नजिक पुगेको हो । उपाधि जित्न अब एथ्लेटिकोले एउटा जित निकाल्न मात्र बाँकी छ ।
गएरातिको खेलमा ७५औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना जिततर्फ अग्रसार भइरहँदा ८२औं मिनेटमा रेनान लोडीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८८औँ मिनेटमा लुइस स्वारेजले निर्णायक गोल गरेपछि एथ्लेटिको विजयी भयो ।
अब अन्तिम खेलमा एथ्लेटिकोले रियल भालाडोलिडलाई पराजित गरे उपाधि जित्नेछ । हार वा बराबरीले उसले अरुको नजिका पर्खिनुपर्ने हुन्छ ।
दोस्रो र तेस्रो स्थानका रियल म्याड्रिड र बार्सिलोना दुवैले स्पष्ट जित निकाल्न नसकेमा २ अंकको अग्रता लिएको एथ्लेटिकोले उपाधि जित्नेछ ।