काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले जारी छ। बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताउनुभयो।
अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ ।
आज रिट निवेदनमा २३ जना निवर्तमान एमाले सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफल भइरहेको बताइएको छ।