Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल विस्तार, को–को परे?

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल विस्तार, को–को परे?

  • शुक्रवार, जेठ १४ २०७८

  • 1.5K
    SHARES

  • सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल विस्तार, को–को परे?

    धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन्। भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

    मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन्।

    सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मानबहादुर सुनार, अर्चना गहतराज र मना साउद नियुक्त भएका छन्।

    चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका हुन्। मन्त्रिपरिषदमा दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    योसँगै सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिमण्डल भएको छ ।


    शुक्रवार, जेठ १४ २०७८०७:१८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij