Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'पिजी'को परीक्षा मिति सार्न पूर्वस्वास्थ्यमन्त्री थापाको सुझाव

'पिजी'को परीक्षा मिति सार्न पूर्वस्वास्थ्यमन्त्री थापाको सुझाव

  • शनिवार, जेठ १५ २०७८

  • 627
    SHARES

  • 'पिजी'को परीक्षा मिति सार्न पूर्वस्वास्थ्यमन्त्री थापाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने पोस्ट ग्र्याजुएट (पीजी)को परीक्षाको मिति सार्न सुझाव दिनुभएको छ ।

    पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग शुक्रबार भेट गरी कोरोना महामारीको समयमा परीक्षा सञ्चालन गर्ने वातावरण नभएको भन्दै परीक्षाको तयारीमा रहेका चिकित्सकहरुलाई अलमलमा पार्न नहुने सुझाव दिनुभएको हो ।

    नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘यही असारमा ‘पीजी’को परीक्षा हुन्छ भन्ने ठानेर ५ हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका छन् । तह अहिले परीक्षा सम्भव छैन । विद्यार्थी अलमलमा छन् । यस सन्दर्भमा छिटो निर्णय गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई भेटेर अनुरोध गरेको छु’

    आयोगका उपाध्यक्षसँगको भेटमा आफूले अबको ४र५ महिना परीक्षा हुन सक्ने वातावरण नरहेको बारे अवगत गरेको नेता थापाले बताउनुभएको छ ।

    उहाँले लेख्नुभएको छ ‘परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिनेछ भनेर निर्णय गरिदिनुस् । यसले अहिले तयारीका लागि बसेका हजारौं चिकित्सक ढुक्कसँग महामारीको काममा लाग्न सजिलो हुन्छ ।’ आफ्नो सुझाव प्रति आयोगका उपाध्यक्ष सकारात्मक रहेको र उनले यो निर्णय केही दिभित्र आउने प्रतिवद्धता जनाएको नेता थापाको भनाइ छ ।

    ‘प्रधानमन्त्री ज्यू, आयोगको यो निर्णयसँगै चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरुलाई पीजीमा आवेदन दिँदा निश्तित अंक थप पाउने नियम थपिदिनुस् ।

    सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाइँमा जनशक्तिको अभावलाई केही कम गर्न ठूलो मद्धत पुग्नेछ’ नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

     


    शनिवार, जेठ १५ २०७८०९:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij