काठमाडौँ — कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि फ्रान्स सरकारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र १४ वटा रेस्पिरेटोरीलगायत सामग्री उपलब्ध गराएको हो स्वास्थ मन्त्रालयले जनाएको छ ।
ती सामग्री आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
यसैबीच, आजै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्को–जेनियर लेगरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।