Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोपा अमेरिकाका खेल्ने अर्जेन्टिनी टोलीको घोषणा, इकार्डी र डिबाला टोलीमा अटाएनन्

कोपा अमेरिकाका खेल्ने अर्जेन्टिनी टोलीको घोषणा, इकार्डी र डिबाला टोलीमा अटाएनन्

  • शुक्रवार, जेठ २८ २०७८

  • 784
    SHARES

  • कोपा अमेरिकाका खेल्ने अर्जेन्टिनी टोलीको घोषणा, इकार्डी र डिबाला टोलीमा अटाएनन्

    एजेन्सी – आसन्न दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाका लागि अर्जेन्टिनी राष्ट्रिय टोलीको घोषणा भएको छ । प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले २८ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    टोलीमा लियोनल मेसी, एन्जेल डी मारिया र सर्जियो अग्वेरोजस्ता सिनियर खेलाडी समावेश छन् ।

    टोलीको अग्रपंक्तीका लागि मेसी र अग्वेरोसँगै लाउटारो मार्टिनेज, जोवाक्विन कोरिया र लुकास अलारियो छन्।

    मिडफिल्डरहरुमा डी मारियासहित पेरिस सेन्ट जर्मन (पिएसजी)का लियनाद्र्रो परेडेस, बेटिसका गुइडो रोड्रिगुएज, टोट्टनहामका जियोभानी लो सेल्सो, बायर लेभरकुसेनका एक्सक्वेल पालासियोस, स्टुटगार्टका निकोलास गोन्जालेज, युडिनेजीका रोड्रिगो डे पल, सेभिल्लाका अलेजान्द्रो गोमेज, एट्लेटिको म्याड्रिडका एन्जेल कोरिया र बोलोग्नाका निकोलास डोमिनगुएज रहेका छन् ।

    डिफेन्डरहरुमा रिभरका गोन्जालो मोन्टिएल, बेनेफिकाका निकोलास ओटामेन्डी, फियोरेन्टिनाका जर्मन पाज्जेला र लुकास मार्टिनेज क्वार्टा, आयाक्सका निकोलास टाग्लियाफिको र लिसान्द्रो मार्टिनेज, सेभियाका मार्कस एक्युना, एटालान्टाका क्रिस्टियन रोमेरो र युडिनेजीका नाहुएल मोलिना लुसेरो छन् ।

    छनोट भएका चार जना गोलकिपरमा रिभरका फ्रान्को अर्मानी, एस्टन भिल्लाका एलियानोव मार्टिनेज, पोर्टोका अगस्टिन मार्चेसिन र युडिनेजीका हुँवा मुस्सो छन् ।

    uruguay-v-argentina-fifa-2018-world-cup-qualifiers-5d5442fceaf41ca0ff000001.jpg

    पिएसजीका स्ट्राइकर माउरो, इकार्डी र युभेन्टसका पाउलो डिबाला भने टोलीमा अटाएनन् ।

    अर्जेन्टिनाले समूह चरणमा चिली, उरुग्वे, पाराग्वे र बोलिभियासँग खेल्ने छ । पहिलो खेलमा सोमबार चिलीसँग खेल्ने छ ।

    कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म ब्राजिलमा हुँदैछ । यसअघि अर्जेन्टिना र कोलम्बियामा हुने तय भए पनि कोरोना भाइरस महामारीकमा कारण ब्राजिलमा सरहेको हो ।

     


    शुक्रवार, जेठ २८ २०७८१२:००:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij