Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
युरोकप :

इटालीको विजयी सुरुवात

इटालीको विजयी सुरुवात

  • शनिवार, जेठ २९ २०७८

  • 1.1K
    SHARES

  • इटालीको विजयी सुरुवात

    एजेन्सी – इटालीले १६औँ संस्करणको युरोकप फुटबलमा शानदार सुरूवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोलले पराजित गर्दै घेलु टोली इटालीले विजयी शुरूवात गरेको हो ।

    पहिलो हाफमा इटालीले केही सुनौला अवसर खेर फालेको थियो । टर्कीले भने डिफेन्समा प्राथमिकता दिएको देखिन्थ्यो ।

    इटालीलाई जित दिलाउन सिरो इमोबोले र लोरेन्जो इन्सिन्येले एक-एक गोल गरे भने एक गोल आत्मघाती उपहार मिलेको थियो ।

    दोस्रो हाफको सु्रुवातीदेखि नै आक्रामक फुटबल खेलेको इटालीका लागि ५३ औँ मिनेटमा लियोनार्दो स्पेनजोलाले गरेको क्रस टर्कीका मेरिह देमिरालले बचाउन खोज्दा आत्मघाती गोल हुन पुग्यो ।

    त्यसपछि इमाबोले ६६ र इन्सिन्येले ७८ औं मिनेटमा गोल गर्दै इटालीको जित सहज बनाए ।

    जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    यस पटकको युरोकप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गरिएको हो ।

    युरोकपअन्तर्गत आज राति तीन खेल हुनेटन् । वेल्सविरुद्ध स्विट्जरल्यान्ड, डेनमार्कविरुद्ध फिनल्यान्ड र बेल्जियमविरुद्ध रयियाबीच प्रतिस्पर्धा हुने छ ।


    शनिवार, जेठ २९ २०७८०६:५८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij