Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
युरो कपमा आज पनि तीन खेल :

स्विडेनविरुद्ध वर्चस्व कायमै राख्ने दाउमा स्पेन, कप्तान बुस्क्वेट भने नखेल्ने

स्विडेनविरुद्ध वर्चस्व कायमै राख्ने दाउमा स्पेन, कप्तान बुस्क्वेट भने नखेल्ने

  • सोमवार, जेठ ३१ २०७८

  • 942
    SHARES

  • स्विडेनविरुद्ध वर्चस्व कायमै राख्ने दाउमा स्पेन, कप्तान बुस्क्वेट भने नखेल्ने

    काठमाडौं – युरोपियन च्याम्पियनसिप फुटबल (युरो कप –२०२०)अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । साँझ ६ः४५ हुने समूह ’डी’ को खेलमा स्टकल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।

    स्कटल्यान्ड सन् १९९८ को विश्वकपपछि पहिलोपटक मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । यो खेल स्कटल्यान्डको घरेलु मैदानमा हुनेछ ।

    दोस्रो खेलमा पोल्यान्ड र स्लोभाकिया प्रतिस्पर्धा भिड्दैछन् । रसियाको सेन्ट पिटर्सवर्गमा हुने समूह ’ई’ खेल राति ९ः४५ बजे सुरू हुनेछ ।
    स्ट्राइकर रोबर्ट लेवान्डोस्की पोल्यान्डका प्रमुख खेलाडी हुन् ।

    यस्तै राति १२ः४५ बजे हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ समूह ’ई’ को यो खेल स्पेनको सेभियामा हुनेछ ।

    छनोटका दुवै खेलमा स्विडेनविरुद्ध स्पेन अपराजित रहेको थियो । पहिलो खेलमा ३–० को जित निकालेको स्पेनले दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

    त्यस्तै, यी दुई टोलीबीच सुन २००८ को युरो कपको समूह चरणमा भेट भएको थियो । जहाँ स्पेनले २–१ ले आफ्नो पक्षमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।

    यसर्थ, आज स्पेन स्विडेनविरुद्धको त्यही आफ्नो बलियो इतिहास कायम गर्ने दाउमा रहेको प्रशिक्षक लुइस इनरिकेले बताएका छन् ।

    यद्यपि, योपटक स्पेनको टिममा नयाँ खेलाडीले स्थान बनाएका छन् । सर्जियो रामोसजस्ता हस्ती टोलीमा अटाएका छैनन ।

    त्यस्तै, कप्तान सर्जियो बुस्क्वेट पनि कोरोना भाइरस संक्रमणका कारण आज राति हुने खेलमा उपस्थित हुने छैनन् ।

    स्विडेनका पनि आठजना खेलाडीलाई कोरोना संक्रमण भएको समाचार बाहिरिइरहेका छन् ।

    1233349437.0.jpg

    यता, कप्तान बुस्क्वेटबाहेक सबै स्पेनिस खेलाडीहरु कोरोनाबाट जोगिएका छन् ।

    तीन वर्षअघि भएको विश्वकपमा स्विेडन क्वार्टरफाइनलसम्म पुगेको थियो । यसर्थ, आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

     


    सोमवार, जेठ ३१ २०७८०३:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij