Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रसियाको पहिलो जित

रसियाको पहिलो जित

  • बिहिवार, आषाढ ३ २०७८

  • 1.3K
    SHARES

  • रसियाको पहिलो जित

    एजेन्सी – जारी युरोकप फुटबलमा रसियाले पहिलो जित निकालेको छ । बुधबार साँझ भउको खेलमा फिनल्यान्डलाई घरेलु मैदानमा १–० गोलले पराजित गर्दै रसियाले युरोकपमा पहिलो जित निकालेको हो ।

    पहिलो खेलमा बेल्जियमसँग ३–० गोलले पराजित भएको रसियाले पहिलोपटक युरोकप खेलिरहेको फिनल्यान्डलाई पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो। रसियाको जितमा एरेक्सी मिरानचुकीले निर्णायक गोल गरेका थिए ।

    जितसँगै रसियाले दुई खेलबाट तीन अंक जोडेको छ। समूह ‘बी’मा दोस्रो स्थानमा रहेको रसियाले अन्तिम १६ मा पुग्ने सम्भावना पनि कायमै राखेको छ। यस समूहमा तीन अंक जोडेको बेल्जियम पहिलो, दुई खेलमा तीन अंक नै जोडेको तेस्रो र अंक जोड्न नसकेको डेनमार्क अन्तिम स्थानमा छ ।


    बिहिवार, आषाढ ३ २०७८११:२४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij