काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १.३० अंकले ओरालो लागेको छ । आज परिसूचक २९६८.४२ विन्दुमा झरेको छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार कित्ता शेयर खरीदविक्री हुँदा १० अर्ब ९० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विकास ब्यांक, फाइनान्स, होटल तथा पर्यटन, निर्जिवन बीमा, अन्य र व्यापार समूहको सूचक बढेको छ। बाँकी समूहको सूचक भने घटेको छ।
आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसको शेयर मूल्य ७.४२ प्रतिशतले बढेको छ ।
त्यस्तै नेपाल फाइनान्स लिमिटेड ५.६१, कर्णाली विकास ब्यांक ५.२३, सोल्टी होटल ५.१३ र ग्रिन विकास ब्यांकको शेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ ।
त्यसैगरी सिइडिबी हाइड्रोपावरको शेयर मूल्य ६.५५, छ्याङ्दी हाइड्रोपावर ३.५१, न्याग्दी ग्रुप पावर ३.४७ र माउन्टेन इनर्जीको शेयर मूल्य ३.४२ अंकले घटेको छ ।
आज कारोबारका हिसाबले नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यसको शेयर ७७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।