Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
युरोकप :

‘ग्रुप अफ डेथ’ छिचोल्दै दोस्रो चरणमा पुग्ने दाउमा पोर्चुगल, दबाबमा जर्मनी

‘ग्रुप अफ डेथ’ छिचोल्दै दोस्रो चरणमा पुग्ने दाउमा पोर्चुगल, दबाबमा जर्मनी

  • शनिवार, आषाढ ५ २०७८

  • 982
    SHARES

  • ‘ग्रुप अफ डेथ’ छिचोल्दै दोस्रो चरणमा पुग्ने दाउमा पोर्चुगल, दबाबमा जर्मनी

    काठमाडौं – युरोपियन च्याम्पियनसिप (युरोकप –२०२०)अन्तर्गत आजराति तीन खेल खेलिँदै छन् । आज हुने खेलमा समूह ‘एफ’ मा रहेका चारवटै टोलीले प्रतिस्पर्धा गर्दै छन् भने समूह ‘ई’बाट बलियो टोली स्पेन र पोल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

    ‘ग्रुप अफ डेथ’अन्तर्गत पहिलो खेलमा बर्तमान विश्वकप विजेता फ्रान्सले ‘अण्डरडग’ टिम हंगेरीको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

    त्यस्तै आजनै खेलिने दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साविक विजेता पोर्चुगल र चार पटक विश्वकप तथा तीनपटकको युरोकप विजेता जर्मनी आमने सामने हुँदै छन् ।

    यो खेललाई ‘ह्याभिवेट भिडन्त’को संज्ञा दिइएको छ । पहिलो खेलमा फ्रान्ससँग घरेलु मैदानमा पराजित भएको जर्मनी जसरी पनि आज जित्नैपर्ने दबाबमा छ । आज पनि हार ब्यहोरेका जर्मनीको दोस्रो चरणको यात्रा धेरै कठिन बन्ने छ । यसर्थ, उ आज पोर्चुगलविरुद्ध शतप्रशित् जित निकाल्ने लक्ष्यका साथ उत्रने छ ।

    अर्कोतिर पोर्चुगल भने आज पनि जित निकाल्दै दोस्रो चरणमा सहज रुपमा पुग्ने अभियानमा लाग्नेछ । पोर्चुगलले हंगेरीलाई ३–० ले हराएर तीन अंक जोडिसकेको छ । आज पनि जित निकाले उ दोस्रो चरणमा जानेछ ।

    क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलमा योपटक धेरै युवा तथा स्टार खेलाडी छन् । पाँच वर्षअघि युरोकप जित्दाभन्दा पनि अहिलेको पोर्चुगलको टिमलाई बलियो मानिएको छ ।

    यता, जर्मन टिम भने विगतको तुलनामा केही कमजोर देखिएको छ । फ्रान्सविरुद्ध बल पोसेसन राखे पनि गोल भने गर्न सकेन । यसर्थ, जर्मनीले पोर्चुगललाई हराउन गाह्रो हुने अनुमान गरिएको छ । यद्यपि, जर्मनी घरेलु मैदानको फाइदा पनि उठाउँदै पोर्चुगललाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रने पक्का छ ।

    हालसम्म यी दुई टोली १८ पटक आमनेसामने भएका छन् । जसमा पोर्चुगलले १० जित निकालेको छ । त्यस्तै, पाँच जित जर्मनीको नाममा छ भने तीन खेल बराबरीमा सकिएका छन् ।

    तर, सन् २००० को युरोकप यता ठूला प्रतियोगितामा पोर्चुगलविरुद्ध जर्मनी हाबी छ । त्यसयता खेलिएका सबै चार खेल जर्मनीले जितेको छ । ती खेल विश्वकप र युरोककपका हुन् । यसर्थ, मनोवैज्ञानिक रुपमा आज जर्मनी पोर्चुगलसँग हाबी हुने पनि कतिपय विश्लेषकहरुले बताएका छन् ।

    यसैगरी, आज मध्यराति हुने खेलमा स्पेन र पोल्यान्ड भिड्दैछन् । पहिलो खेलमा स्विडेनसँग बराबरी खेलेको स्पेन आज जित्नैपर्ने दबाबमा छ ।
    यता, पोल्यान्डलाई झनै जितको आवश्यकता छ । किनकि, उ पहिलो खेलमा स्लोभाकियासँग पराजित हुादै अंकविहीन अवस्थामा छ । खेल स्पेनको घरेलु मैदानमा हुँदैछ ।

     


    शनिवार, आषाढ ५ २०७८०४:०३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij