Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टर्की बन्यो युरोकपबाट बाहिरिने दोस्रो टोली, पहिलो को थियो ?

टर्की बन्यो युरोकपबाट बाहिरिने दोस्रो टोली, पहिलो को थियो ?

  • सोमवार, आषाढ ७ २०७८

  • 865
    SHARES

  • टर्की बन्यो युरोकपबाट बाहिरिने दोस्रो टोली, पहिलो को थियो ?

    काठमाडौं – टर्की युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलबाट बाहिरिने दोस्रो टोली बनेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग ३–१ पराजित हुँदै टर्की युरोकपबाट बाहिरिने दोस्रो टाली बनेको हो ।

    अजरबैजानको बाकु ओलम्पिक स्टेडियामा समूह एअन्तर्गतको सो खेल सुरु भएको छैटौं मिनेटमै ह्यारिस सेफेरोभिचको गोलमार्फत स्विटजरल्यान्डले अग्रता लिएको थियो ।

    २६ औं मिनेटमा जद्रान शाकिरीले अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा यान काभाचिले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६८ औं मिनेटमा शाकिरीले ब्यक्तिगत दोस्रो गोल गरेपछि स्विटजरल्यान्डले ३–१ को जित हात पार्दै महत्वपूर्ण तीन अंक बटुल्यो ।

    युरोकपको  समूह चरणबाट बाहिरिने टर्की दोस्रो टोली हो । यसअघि समूह चरणको पहिलो खेलमा टर्की आयोजक इटालीसँग ३–० ले पराजित भएको थियो । त्यस्तै, टर्की दोस्रो खेलमा वेल्ससँग २–0 ले हारेको थियो ।

    त्यसैगरी, एक खेल खेल्नुअगावै नर्थ मेसेडोनिया बाहिरी सकेको छ । युरोकप पहिलोपटक खेलेको नर्थ मेसेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा युक्रेनसँग २–१ ले हारेकोे थियो ।

    zppf69hXbpEY_6NzbA63Vm8Nc_1440x.960.jpg

    समूह सीमा रहेको नर्थ मेसेडोनियाले आज नेदरल्याण्डस्को सामना गर्दैछ । यद्यपि, आजको खेल जिते पनि नर्थ मेसेडोनियाको यात्रामा कुन्े असर पर्नेछैन । किनकि, नर्थ मेसेडोनिया हेड टु हेडका आधारमा पछि परिसकेको छ ।


    सोमवार, आषाढ ७ २०७८०१:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij