Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसिड आक्रमणमा परेकाको उपचार अब आजीवन निःशुल्क

एसिड आक्रमणमा परेकाको उपचार अब आजीवन निःशुल्क

यी चार अस्पतालले निःशुल्क उपचार गर्ने
  • सोमवार, आषाढ ७ २०७८

  • 850
    SHARES

  • एसिड आक्रमणमा परेकाको उपचार अब आजीवन निःशुल्क

    काठमाडौं – एसिड आक्रमणमा परेकाहरुको उपचार अब आजीवन निःशुल्क हुने भएको छ । सरकारले निःशुल्क उपचारका लागि काठमाडौंका चारवटा अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ । अहिलेलाई त्रिवि शिक्षण, वीर, पाटन र किर्तिपुर अस्पताललाई बर्न डेडिकेटेड अस्पताल तोकेको छ ।

    यी अस्पतालबाट निःशुल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३१ गतेदेखि लागु हुनेगरी एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धि कार्यविधी २०७८ जारी गरेको छ ।

    Screenshot_20210613-110641_Facebook.jpg

    कार्यविधीमा कस्मेटिक उपचारबाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च नेपाल सरकारले ब्यहोर्ने उल्लेख छ । मन्त्रालयले २९ भदौ २०७७ को मन्त्रिपरिषद् बैठकको आदेशअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचारको संयोजन तथा सहजीकरण गर्न यो कार्यविधि ल्याएको हो ।

    एसिड आक्रमण पीडित कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन पुगेमा निःशुल्क प्राथमिक एवं आकस्मिक उपचार गर्नुपर्ने तथा ६ महिनाका लागि निःशुल्क घाउमा लगाउने मल्हमसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।

    उक्त उपचारमा लागेको खर्च सरकारले शोध भर्नाका रुपमा अस्पताललाई उपलब्ध गराउनेछ ।

     


    सोमवार, आषाढ ७ २०७८०२:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij