काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाइएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।
नेपाली टोलीले जुलाई असार १७ गतेबाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।
शिशिर लेखी पहिलोपटक टिमको बन्द प्रशिक्षणमा परेका छन् । यसअघि टिममा रहँदै आएका अजित भण्डारी बाहिरिएका छन् ।
बन्द प्रशिक्षणमा रहेका ५० खेलाडी :
टोलीमा अर्पण कार्की, विकेश कुथू, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की र कमल थापा छन् ।
त्यस्तै, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नीतिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेभ गुरुङ पनि प्रारम्भिक चरणको टोलीमा अटाएका छन् ।
