Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोपा अमेरिकामा चिलीमाथि पराग्वेको शानदार जित

कोपा अमेरिकामा चिलीमाथि पराग्वेको शानदार जित

  • शुक्रवार, आषाढ ११ २०७८

  • 925
    SHARES

  • कोपा अमेरिकामा चिलीमाथि पराग्वेको शानदार जित

    काठमाडौँँ । जारी कोपा अमेरिका अन्तर्गत पराग्वेले चिलीमाथि शानदार जित हासिल गरेको छ ।आज बिहान सम्पन्न खेलमा पराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    पराग्वेको जितमा ब्राइयन समुडिओ र मिगुएल अल्मिरोनले एक एक गोल गरेका थिए । योजितसँगै पराग्वे समुह ए बाट क्वाटर फाइनलमा पुगेको छ । पराग्वेको ३ खेलमा ६अंक छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

    त्यस्तै चिलीको भने ४ खेलमा ५ अंक रहेको छ र यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।

    समुह ए बाट अर्जेन्टिना र उरुग्वे पनि क्वाटरफाइनलमा पुगेका छन् भने बोलिभिया प्रतियोगिताबाट एक खेल खेल्नु अघि नै बाहिरिएको छ ।
    कोपा अमेरिका अन्तर्गत समुह बि बाट भने आयोजक ब्राजिल र कोलम्बिया क्वाटर फाइनलमा पुगिसकेका छन् ।


    शुक्रवार, आषाढ ११ २०७८०८:३५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij