Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, अब कसको भिडन्त कोसँग ?

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, अब कसको भिडन्त कोसँग ?

  • बुधवार, आषाढ १६ २०७८

  • 700
    SHARES

  • युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, अब कसको भिडन्त कोसँग ?

    काठमाडौं – युरोपका विभिन्न ११ देशमा ११ वटै शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

    अन्तिम –१६ अन्तर्गत गएराति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

    उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वार्टरफाइनलमा पुग्न सफल भयो ।

    यसपटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।

    तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, क्रोएसियाजस्ता ठूला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

    अन्तिम आठका खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।

    यस्तो छ क्वार्टरफाइनल समीकरण :

    शुक्रबार राति ९ः४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन

    शुक्रबार राति १२ः४५ बजे – बेल्जियमविरुद्ध इटाली

    शनिबार राति ९ः४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

    शनिबार राति १२ः४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड ।

    209545654_360503268765918_9168382725584975379_n.jpg

     

     

     


    बुधवार, आषाढ १६ २०७८१२:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij