Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित, अब कहिले होला ?

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित, अब कहिले होला ?

  • बिहिवार, आषाढ १७ २०७८

  • 1.1K
    SHARES

  • राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित, अब कहिले होला ?

    काठमाडौं – साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि आजबाट सुरु गर्ने भनिएको नेपाली राष्ट्रिय फुटबल टोलीकोे बन्द प्रशिक्षण स्थगित भएको छ । बन्द प्रशिक्षण एक साताका लागि स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    ‘प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको हो’, एन्फाले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

    उपत्यका बाहिरबाट पनि खेलाडी आउनुपर्ने र निरन्तर वर्षाका कारण यातायात समस्या भएकाले प्रशिक्षण स्थगित भएको बताइएको छ । अब प्रशिक्षण बुधबारबाट सुरु हुनेछ ।

    प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साताअघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केही खेलाडी थप्दै नेपाली टोली घोषणा गरेका थिए । उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गर्ने बताएका थिए ।

    साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुनेछ ।

     


    बिहिवार, आषाढ १७ २०७८०१:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij