Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिरो प्रभावित २० जिल्लामा रकम निकासा

पहिरो प्रभावित २० जिल्लामा रकम निकासा

  • शुक्रवार, आषाढ १८ २०७८

  • 990
    SHARES

  • पहिरो प्रभावित २० जिल्लामा रकम निकासा

    काठमाडौं । गत वर्ष बाढी पहिरोबाट क्षति पुगेका निजी घरहरु बनाउन संघीय सरकारले २० जिल्लामा रकम पठाउन सुरु गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणकाअनुसार सरकारले १९ करोड ९७ लाख ७३ हजार ७५० रूपैयाँ रकम जिल्ला पठाएको हो ।

    सो रकमबाट दार्चुला, पश्चिम रुकुम, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, कालिकोट, संखुवासभा, बाजुरा, धनकुटा, बझाङ, भोजपुर, जाजरकोट, रोल्पा, कास्की स्याङ्जा, तनहुँ, मकमानपुर र मोरङका घरहरु बनाउन लागिएको हो । यसबाट ३ हजार ९४९ लाभग्राही लाभान्वित हुनेछन् ।

    गत वर्ष पहिरोबाट प्रभावित २६ जिल्लामा क्षतिको विवरण संकलन गर्न केन्द्रले परिपत्र गरेको थियो । जसमा अझै केही जिल्लाको पूर्ण विवरण आउन बाँकी रहेको प्रवक्ता विश्वप्रकास अर्यालले जानकारी दिए । सरकारले पहिलोपटक पहिरो पीडितलाई आवास बनाउन रकम उपलब्ध गराउन लागेको हो ।

    यसका लागि गत वर्षको आर्थिक वर्ष ०७७ को असारमा निर्णय स्वीकृत भई पुसमै सो कार्यविधि बनाई कार्य सम्पन्न भएको थियो । प्रवक्ता अर्यालका अनुसार चैतबाट रकम निकासा सुरु गर्न थालिएको हो, जुन अझै जारी छ ।

    स्थानीय, प्रदेश र संघ गरी ३ वटै सरकारको सहकार्यमा रकम जुटाई पीडितका लागि आवास पुननिर्माण गर्न लागिएको हो । यस्तै, सरकारले अस्थायी आवास सिविरको लागि ५० हजार दिने व्यवस्था गरेको छ भने घर पुनर्निमाणको लागि तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमालमा ५ लाख दिने व्यवस्था गरेको छ ।

    पहिरो गएको ठाउँमा पुनः आवास निर्माण गर्न नमिले अन्तै घर बनाउनु परेमा सरकारले जग्गा खरिदको लागि छुट्टै ३ लाख दिने व्यवस्था समेत गरेको छ ।

    प्राधिकरणले हाल अस्थायी आवास निर्माणको ५० हजार र आवास पुनर्निमाणको पहिलो किस्ता २५ हजार रकम पठाएको हो ।
    यस पालिको मनसुनले १ महिना नबित्दै बाढी र पहिरोबाट ३३ जनाको ज्यान गइसकेको छ ।

    ३२ जना घाइते छन् भने ३० जना अझै बेपत्ता छन् । मनसुनबाट ३२ जिल्ला प्रभावित भएका छन् भने ४८३ घर पूर्ण र ११२ घर आंशिक क्षति भएका छन् । हालसम्म ६७६ परिवार विस्थापित भइसकेका छन् ।

    यस्तै, ५ वटा सरकारी तथा सामुदायिक विद्यालयमा क्षति पुगेको छ भने ७ वटा पक्की पुल र १९ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । मनसुनबाट ५ जिल्लाका ६ वटा राजमार्गमा क्षति पुगेर सडक अवरुद्ध भएका छन् ।


    शुक्रवार, आषाढ १८ २०७८०६:३८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij