Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेसीको उत्कृष्ट प्रदर्शनसँगैै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

मेसीको उत्कृष्ट प्रदर्शनसँगैै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै कोलम्बिया पनि सेमिफाइनलमा पुग्यो
  • आइतवार, आषाढ २० २०७८

  • 926
    SHARES

  • मेसीको उत्कृष्ट प्रदर्शनसँगैै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

    काठमाडौं - इक्वेडरलाई ३-० को गोलअन्तरले हराउँदै अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल र दुई एसिस्टको योगदान दिए ।

    खेलको पहिलो हाफको ४० औँ मिनेटमा मेसीको पासमा रोड्रिगो डे पाउलले गोल गरेका थिए ।

    ROdrigo-de-paul-argentina-1024x576.jpg

    त्यसपछि दोस्रो हाफको अन्त्यतिर अर्थात ८४ औँ मिनेटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई दुई गोलको अग्रता दिलाए ।

    त्यसैगरी, खेलको अन्त्यतिर अर्थात इन्जुरी समयमा फ्रिकिकमार्फत गोल गर्दै मेसीले अर्जेन्टिनाको जित सुनिश्चित बनाए ।
    पिइरे हिनकापेले अन्तिम समयमा इक्वेडर १० खेलाडीमा सीमित भएको थियो ।

    यसअघि आजै बिहान भएको खेलमामा कोलम्बियाले उरुग्वेलाई हराएको छ ।

    कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

    निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    जसमा कोलम्बियाले ४–२ ले विजयी रह्यो ।

    उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे । इडेन्सन काभानी र लुइस स्वारेजले भने गोल गरेका थिए ।

    1625361964colombia.jpg

    गोलकिपर डेभिड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए ।

    अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् ।

     


    आइतवार, आषाढ २० २०७८०९:२५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij