Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

  • बुधवार, आषाढ ३० २०७८

  • 1.0K
    SHARES

  • राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

    काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । प्रारम्भिक बन्द प्रशिक्षणमा परेका मध्ये १४ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

    प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।

    टिमबाट बाहिरिने गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रबि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई रहेका छन् ।

    एन्फाले बिक्रम लामाले टिमसँग प्रशिक्षण गरिरहेको जनाएको छ । पूर्ण फिट भएमा उनलाई टिम राखिने बताइएको छ । चोटको शल्यक्रिया गरेपछि उनी मैदान फर्किएका हुन् ।

    Capture.PNG

     


    बुधवार, आषाढ ३० २०७८०४:००:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij