काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ८ हजार २ सय ५६ जनाको पिसिआर परीक्षणबाट १ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हनार ५ सय १२ जनाको एन्टिजेन परीक्षणबाट ८ सय ९४ जनामा पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन्। यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।