काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएको छ ।
पुनर्स्थापित प्रतिनिधिसभाको अहिले जारी बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्नुभयो ।
विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उहाँले भन्नुभयो, ‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । कोभिड १९ को प्रकोपबाट जोगाउनु यो पहिलो प्राथमिकता प्राथमिकता हा । नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’
देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।
अहिले प्रमुख प्रतिपक्षी दल एमालेका प्रवक्ता प्रदीप ज्ञवाली बोलिरहनुभएको छ ।