Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

  • शनिवार, श्रावण ९ २०७८

  • 748
    SHARES

  • अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ।

    यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो।

    मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत्र लिएर मात्र जान सुझाएको छ। यस्तो पत्रको कुनै शुल्कसमेत नलाग्ने मन्त्रालयले स्पष्ट पारेको छ।

    लगातार दुई दिन प्रमाणीकरण पत्र लिनेको भिड लागेपछि शुक्रराज सरुवा रोग अस्पतालले शुक्रवार थप काउन्टर नै बढाएर सेवा दिएको जनाएको छ। भिड बढेपछि ४८ घन्टाभित्र उडान निश्चित भएकाका लागि मात्र छिटो प्रमाणीकरण पत्र दिने व्यवस्थासमेत गरिसकेको अस्पतालका निर्देशक डा। अनुप बास्तोलाले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।


    शनिवार, श्रावण ९ २०७८०७:२१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij