Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई रावलको जवाफ, ‘एमाले फुटाउने षडयन्त्रविरूद्ध उभिएको हुँ’ (विज्ञप्तिसहित)

प्रचण्डलाई रावलको जवाफ, ‘एमाले फुटाउने षडयन्त्रविरूद्ध उभिएको हुँ’ (विज्ञप्तिसहित)

  • आइतवार, श्रावण १० २०७८

  • 861
    SHARES

  • प्रचण्डलाई रावलको जवाफ, ‘एमाले फुटाउने षडयन्त्रविरूद्ध उभिएको हुँ’ (विज्ञप्तिसहित)

    काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम रावलले कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका लागि लम्पसार पर्न गठबन्धनमा सामेल नभएको जनाउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले एमाले फुटाउने षडयन्त्रविरूद्ध आफू उभिएको बताउनुभएको छ ।

    शनिबार आयोजित एक कार्यक्रममा मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता रावलले संसद् पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी गर्नुभएको थियो । रावलले आज त्यसैको जवाफ दिनुभएको हो ।

    ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ढलेको होइन, एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ,’ रावलले गएराति जारी गरेको वक्तव्यमा भन्नुभएको छ । गठबन्धन निर्माण पनि सबैको आ–आफ्नो स्वार्थमा बनेको र साझा स्वार्थ मिल्दासम्म मात्र त्यसमा सहकार्य हुने उहाँले प्रष्ट पार्नुभएको छ ।

    E7E2oSVWYAI0fOt.jfif


    आइतवार, श्रावण १० २०७८१२:१२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij