Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

  • आइतवार, श्रावण १० २०७८

  • 692
    SHARES

  • थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा थप १८ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार ५० जना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज थपिएका मध्ये काठमाडौँ उपत्यकामा मात्र ६२४ जना रहेका छन् । जस्मा काठमाडौँमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना थपिएका हुन् ।

    हालसम्म नेपालमा संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । जसमध्ये ६ लाख ४३ हजार ६१५ संक्रमणमुक्त भएका छन् भने ९ हजार ७१३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ ।

    हाल देशभर २७ हजार २२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको परीक्षण भएसंगै आजसम्म कुल ३८ लाख २८ हजार ८१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।


    आइतवार, श्रावण १० २०७८०७:३५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij