Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्ब्याइयो

काठमाडौँ उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्ब्याइयो

  • आइतवार, श्रावण १० २०७८

  • 1.2K
    SHARES

  • काठमाडौँ उपत्यकामा निषेधाज्ञा साउन २० सम्म लम्ब्याइयो

    काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै साउन २० गतेसम्म थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोनाको जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा साउन २० गतेसम्मका लागि थप गरेका हुन् ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा साउन २० गतेसम्म थप्ने निर्णय गरेको जानकारी दिनु भएको छ । जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ ।

    यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ । शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

    यसैबिच, एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने भएको छ । काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा सूचनामा परीक्षा सञ्चालन हुने हल वा कोठाको आकारअनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनिएको छ ।

    त्यस्तै परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूर्णरूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।


    आइतवार, श्रावण १० २०७८०७:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij