Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओलम्पिकमा आज नेपालका पौडीवाज शाह प्रतिस्पर्धा गर्दै

ओलम्पिकमा आज नेपालका पौडीवाज शाह प्रतिस्पर्धा गर्दै

  • मंगलवार, श्रावण १२ २०७८

  • 1.3K
    SHARES

  • ओलम्पिकमा आज नेपालका पौडीवाज शाह प्रतिस्पर्धा गर्दै

    काठमाडौं – टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।

    शाह हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटौँ लेनमा रहेका छन् । शाह रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइल्यान्डसका खेलाडी रहेका छन् । पौडीकै गौरिका सिंहले भने बुधबार खेल्दैछिन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।

    टोकियोमा चलिरहेको ओलम्पिकमा जापान आठवटा स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ ।

    यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीन-तीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुई-दुईवटा पदक जितेका छन् ।

     


    मंगलवार, श्रावण १२ २०७८१२:१९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij