Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो संक्रमण, एकैदिन ३९ सय संक्रमित थपिए

फेरि बढ्यो संक्रमण, एकैदिन ३९ सय संक्रमित थपिए

  • मंगलवार, श्रावण १२ २०७८

  • 597
    SHARES

  • फेरि बढ्यो संक्रमण, एकैदिन ३९ सय संक्रमित थपिए

    काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकमा ३८९९ जना कोभिड बिरामी थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ (१२६५५ पीसीआर र ४८६३ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार थप २० जनाको कोभिड संक्रमण मृत्यु भएको छ । १७७८ जना डिस्चार्ज भएका छन् ।

    मंगलबारको संक्रमण दर २२.२५ प्रतिशत छ । सक्रिय संक्रमण दर वृद्धि भएर ४.२१ प्रतिशत पुगेको छ । मृत्युदर पनि बढेर १.४२ प्रतिशत पुगेको छ ।

    काठमाडौँमा ४७५, ललितपुरमा १६७, भक्तपुरमा १३२, कास्कीमा २७८, चितवनमा १९३, सुनसरी १८९, मोरङमा २४९, झापामा २६१ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ६ लाख ८५ हजार, कूल मृत्यु ९७५८ जना रहेको छ । १४ लाख ५७ हजारले पूर्ण डोज खोप लगाएका छन् ।


    मंगलवार, श्रावण १२ २०७८०५:५८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij