Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

  • बुधवार, श्रावण १३ २०७८

  • 815
    SHARES

  • गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं – गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । आज मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

    दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन ।

    जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     


    बुधवार, श्रावण १३ २०७८०२:०७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij