Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

३,८४० संक्रमित थपिए, कुन जिल्लामा कति?

३,८४० संक्रमित थपिए, कुन जिल्लामा कति?

  • बुधवार, श्रावण १३ २०७८

  • 710
    SHARES

  • ३,८४० संक्रमित थपिए, कुन जिल्लामा कति?

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौँ जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

    कुन जिल्लामा कति संक्रमित थपिए?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ५५९, कास्कीमा ३१६, ललितपुरमा २०६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५, र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भक्तपुरमा ९४, नवलपरासी पूर्वमा ७४, मकवानपुरमा ७३, गोरखामा ६३, नुवाकोटमा ३८, रुपन्देहीमा ३७, बागलुङमा ३४, स्याङजामा ३३, पाल्पामा ३० जनामा कोरोना संक्रमित थपिएका छन् ।

    काभ्रेपलाञ्चोकमा २३, दोलखा, सिन्धुपाल्चोक, म्‍याग्दीमा २०र२० जना, कैलालीमा १९, दाङमा १८, लमजुङमा १७, पर्वतमा १४, धनकुटामा १२, अर्घाखाँची र बैतडीमा ११र११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, श्रावण १३ २०७८०५:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij