Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बढ्यो संक्रमण, थपिए ३ हजार १२५ संक्रमित

बढ्यो संक्रमण, थपिए ३ हजार १२५ संक्रमित

  • सोमवार, श्रावण १८ २०७८

  • 585
    SHARES

  • बढ्यो संक्रमण, थपिए ३ हजार १२५ संक्रमित

    काठमाडौँ – नेपालमा सोमबार थप ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्रमण देखिएको छ।

    कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

    यो अवधिमा थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ।

    हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ।


    सोमवार, श्रावण १८ २०७८०५:१०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij