Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीको पक्षमा सर्वाेच्चको फैसलाः फ्लोर क्रस गर्ने चार सांसदलाई गरेको कारबाही सदर

ओलीको पक्षमा सर्वाेच्चको फैसलाः फ्लोर क्रस गर्ने चार सांसदलाई गरेको कारबाही सदर

  • सोमवार, श्रावण १८ २०७८

  • 823
    SHARES

  • ओलीको पक्षमा सर्वाेच्चको फैसलाः फ्लोर क्रस गर्ने चार सांसदलाई गरेको कारबाही सदर

    काठमाडौँ – फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो।

    अदालतले आफै समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको छ ।

    इजलासले यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

    सो अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली भ्याकेटमा जानुभएको थियो । ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले एमालेको कारवाहीलाई वैधता दिएको छ ।


    सोमवार, श्रावण १८ २०७८०५:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij