Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेस्सीले बार्सिलोना छोड्ने पक्का, सम्झौता नवीकरण भएन

मेस्सीले बार्सिलोना छोड्ने पक्का, सम्झौता नवीकरण भएन

  • शुक्रवार, श्रावण २२ २०७८

  • 609
    SHARES

  • मेस्सीले बार्सिलोना छोड्ने पक्का, सम्झौता नवीकरण भएन

    एजेन्सी । अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।

    यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए ।

    केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ सम्झौता गर्ने तयारी भइरहेको थियो । तर अन्य खेलाडीले तलब घटाउन नमान्दा सम्झौता नविकरण हुन नपाएको खबरमा उल्लेख छ । सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

    मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि जितेका छन् ।


    शुक्रवार, श्रावण २२ २०७८०९:२५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij