काठमाडौं — कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज आदेश जारी गर्दै बिहीबारदेखि लागु हुनेगरी नयाँ निषेधाज्ञा थपेको हो ।
निशेधाज्ञा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरगरी तीन जिल्लाका लागि थप गरिएको हो ।
अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने पर्ने आदेशमा उल्लेख छ । यसबाहेक अन्य निषेध आदेशहरुमा पुरानैलाई निरन्तरता दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञा आदेशको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :