Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज भारी अंकको बृद्धि, कारोबार कति भयो ?

नेप्सेमा आज भारी अंकको बृद्धि, कारोबार कति भयो ?

  • मंगलवार, श्रावण २६ २०७८

  • 1.4K
    SHARES

  • नेप्सेमा आज भारी अंकको बृद्धि, कारोबार कति भयो ?

    काठमाडौं – शेयर बजारमा आज भारी अंकले बृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ५१ दशमलव ८६ अंकले बढेर ३१ सय ६१ दशमलव ४४ उच्च विन्दुमा कायम भएको हो ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ अंकले बढेर ५८७ दशमलव ९५ विन्दुमा पुगेको छ ।

    नेप्सेकाअनुसार आज २२५ कम्पनीको १ लाख ६३ हजार ९ सय ६९ पटक कारोबार भएको छ ।

    त्यसैगरी, १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच भएको छ ।


    मंगलवार, श्रावण २६ २०७८०४:०३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij