Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आफ्नो प्रस्ताव नमानेर प्रचण्डले अवसर गुमाएको गजुरेलको दावी, प्रचण्डमा हिम्मत हराएको ठहर

आफ्नो प्रस्ताव नमानेर प्रचण्डले अवसर गुमाएको गजुरेलको दावी, प्रचण्डमा हिम्मत हराएको ठहर

  • बुधवार, श्रावण १४ २०७७

  • 1.1K
    SHARES

  • आफ्नो प्रस्ताव नमानेर प्रचण्डले अवसर गुमाएको गजुरेलको दावी, प्रचण्डमा हिम्मत हराएको ठहर

    काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले आफुले राखेको प्रस्ताव कार्यान्वयन नगरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा अति राम्रो अवसर गुमाएको बताउनुभएको छ ।

    उहाँले आफुले राखेको प्रस्ताव अहिले सार्वजनिक नगर्ने अडान राख्दै आफ्नो प्रस्ताव प्रचण्डले मानेको भए पार्टी भित्रको अन्यौलताले निकास पाउने दावी पनि गर्नुभयो ।

    उहाँले अध्यक्ष प्रचण्डले बोल्ने क्रममा पनि आफ्नो प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेकोप्रति असन्तुष्टि जनाउनुभयो ।

    “त्यति धेरै साथीहरुको अगाडी उहाँले मेरो प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो, तर किन कार्यान्वयन गर्नुभएन म आफै चकित भएको छु,” गजुरेलले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो ।

    सवैले स्विकारेको र प्रचण्ड आफैले पनि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको प्रस्ताव कार्यान्वयन नगर्दा प्रचण्डको सहास माथी नै प्रश्न उठ्न थालेको उहाँले टिप्पणी गर्नुभयो ।

    “प्रचण्डमा हिम्मत, साहस गुम्दै गएको देखियो, निर्णय क्षमतामा कमी आएछ, त्यत्रो जनयुद्ध हाकेको मान्छे आज किन एकाएक यस्तो हुनुभयो मलाई त चिन्ता लाग्न थाल्यो,” उहाँले भन्नुभयो ।

    उहाँले पार्टीको अहिलेको विवाद अन्त्य गर्नका लागि अध्यक्ष प्रचण्डसँगै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफुले सुझाव दिएको जानकारी दिनुभयो ।

    प्रचण्डले कार्यान्वयन गरेकोभए ओलीले पनि कार्यान्वयन गर्ने र पार्टीको विवाद अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, विधि र नीतिको कुरा थियो मेरो प्रस्तावमा, त्यो प्रस्ताव मैले अरु हजारौलाई सुनाएको थिए, सवैले एकदम ठिक भन्नु भएको थियो, प्रचण्डले कार्याव्वयन गरिदिएको भए सवै जनताले उहाँलाई वाहा वाहा भन्ने थिए ।

    नेकपा नेता गजुरेलले एउटा नेताको बुद्धि बिग्रिदा अर्को नेताले सम्हाल्नु पर्नेमा जोड दिदै अहिले सवै नेता उस्तै भइदिएको टिप्पणी गर्नुभयो । संविधान नयाँ र शासन व्यवस्था नयाँ भएपनि नेताहरुको चरित्र, आचरण, व्यवसार, सोचई पुरानै भएको उहाँको आरोप छ ।


    बुधवार, श्रावण १४ २०७७०८:४०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij