Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयलद्वारा खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

स्वास्थ्य मन्त्रालयलद्वारा खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

  • सोमवार, श्रावण ३२ २०७८

  • 702
    SHARES

  • स्वास्थ्य मन्त्रालयलद्वारा खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ ।

    केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनु भएको छ ।

    विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएको र शुल्क लिने उपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


    सोमवार, श्रावण ३२ २०७८०३:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij