Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से सामान्य अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

नेप्से सामान्य अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

  • सोमवार, श्रावण ३२ २०७८

  • 632
    SHARES

  • नेप्से सामान्य अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

    काठमाडौँ । साताको दोस्रो दिन आज शेयर बजार कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ ।

    नेप्से आज ५.७२ अङ्कले बढेर तीन हजार एक सय ६०. ०५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा उक्लिएको छ । आज व्यापार समूहको शेयर ६५ अङ्कले बढेको छ ।

    यस्तै विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले वृद्धि भएको छ ।

    आज १० प्रतिशतले शेयर बढ्नेमा कर्णाली विकास बैंक, खानीखोला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्त रहेका छन् । तर आईसीएफसी फाइनान्सको शेयर भने झन्डै साढे ६ प्रतिशतले ओरालो लागेको छ ।

    आज कूल २२७ वटा कम्पनीका दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर एक लाख ५९ हजार ९३ पटक खरिद–बिक्री हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।


    सोमवार, श्रावण ३२ २०७८०४:०६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij