Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

चीनबाट आज ८ लाख डोज खोप काठमाडौं आउँदै

चीनबाट आज ८ लाख डोज खोप काठमाडौं आउँदै

  • बुधवार, भाद्र २ २०७८

  • 725
    SHARES

  • चीनबाट आज ८ लाख डोज खोप काठमाडौं आउँदै

    काठमाडौं । चीनबाट आज (बुधबार) आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।

    स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।

    यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ।

    नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।


    बुधवार, भाद्र २ २०७८०६:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij