Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते
  • यो साता चर्चामा :
images

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

  • बिहिवार, भाद्र ३ २०७८

  • 1.0K
    SHARES

  • नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

    काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको बताए ।

    यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

    प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप तीन हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

    नेपालमा मृतकको सङ्ख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ ।
    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    बिहिवार, भाद्र ३ २०७८०६:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij