Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

विश्वविद्यालय र कक्षा १२ का विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

विश्वविद्यालय र कक्षा १२ का विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

  • शुक्रवार, भाद्र ४ २०७८

  • 662
    SHARES

  • विश्वविद्यालय र कक्षा १२ का विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउनेछन्।

    यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि भोलिदेखि नै खोपको पहिलो मात्रा दिइने उनले जानकारी दिए छ।

    उनका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र निर्धारण गरिएको छ। यस्तै, भीडभाड नहोस् भनेर अन्य नगरपालिकाको हकमा सोही पालिकाले खोप केन्द्र निर्धारण गरेका छन्।

    यसका अलवा सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लिन पाइनेछ।

     

     


    शुक्रवार, भाद्र ४ २०७८०६:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij