Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

सवै विद्यार्थी र बालबालिकालाई खोप लगाएर चाडै पढाई सुरु गर्ने तयारी

सवै विद्यार्थी र बालबालिकालाई खोप लगाएर चाडै पढाई सुरु गर्ने तयारी

  • शुक्रवार, भाद्र ४ २०७८

  • 851
    SHARES

  • सवै विद्यार्थी र बालबालिकालाई खोप लगाएर चाडै पढाई सुरु गर्ने तयारी

     

    काठमाडौं । सरकारले लामो समयदेखि अध्ययन अध्यापक कार्य विग्रिएकाले अव विद्यार्थी र शिक्षकहरुलाई उच्च प्राथमिकताका साथ खोपको व्यवस्था गर्ने भएको छ ।

    झण्डै दुई बर्षदेखि बालबालिकाहरुको पढाइ विग्रिएकाले उनीहरुको भविष्य अन्यौलमा परेका, मानसिक समस्या बढ्न थालेको र पारिवारिक समस्या पनि सृजना भएकाले अव पढाई सुरु गराउन सवै विद्यार्थी र शिक्षकलाई खोपको व्यवस्था गर्न लागिएको सरकारले जनाएको छ ।

    विद्यालयस्तरका विद्यार्थीहरु १८ बर्षभन्दा कम उमेरका हुने भएकाले उनीहरुका लागि चालिस लाख मोर्डना खोप ल्याउन रकम बुझाइ सकिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

    “विश्वविद्यालयका शिक्षक र विद्यार्थीले पाइसकेका छन्, अव विद्यालयस्तरका विद्यार्थीहरु र शिषकहरुलाई खोप लगाएर पढाइ सुरु गराइनेछ,” उहाँले भन्नुभयो ।

    उहाँले विद्यार्थीकै लागि फाइजरको खोप दशैँको आसपासमा आउने र अझ अरु खोपका लागि विद्यार्थीलाई देखाएर दातृ निकायहरुसँग पनि पहल भइरहेको बताउनुभयो ।


    शुक्रवार, भाद्र ४ २०७८०९:१५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij