Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते
  • यो साता चर्चामा :
images

अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि काठमाडौं आइपुग्ने

अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि काठमाडौं आइपुग्ने

  • शनिवार, भाद्र ५ २०७८

  • 813
    SHARES

  • अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि काठमाडौं आइपुग्ने

    काठमाडौं । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सोमवारसम्ममा काठमाण्डौ आइपुग्ने भएको छ । १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो । यस्तै अस्ति बुधवार र बिहीवार गरि चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको उहाँले जानकारी दिनुभयो ।

    नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो । अहिलेसम्म कोभिशिल्ड २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

    काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ ।

    काठमाण्डौमा यो अभियान भोलिसम्म चल्नेछ । देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    शनिवार, भाद्र ५ २०७८०७:३३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij