काठमाडौँ – सरकारले अफगानिस्तानबाट उद्धार गरी ल्याइएका सबैलाई पोलियो थोपा दिने भएको छ।
अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी त्यहाँबाट उद्धार गरेर नेपाल ल्याइएका सबैलाई पोलियो थोपा दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो।
पायक पर्ने स्वास्थ्य केन्द्रबाट पोलियो थोपा लिन पनि उहाँले आग्रह गर्नुभयो।
अफगानिस्तानमा पोलियो संक्रमण कायमै रहेकोले त्यहाँबाट फर्केकाहरुलाई जोखिम नहोस् भन्ने उदेश्यले पोलियो थोपा दिने निर्णय सरकारले गरेको हो।
विश्वका धेरै देशमा हाल पोलियो उन्मुलन भैसकेको भए पनि अफगानिस्तानमाअझै संक्रमण देखिने गरेको छ।