Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पत्नीलाई एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

पत्नीलाई एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

  • बिहिवार, भाद्र १० २०७८

  • 815
    SHARES

  • पत्नीलाई एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

    जनकपुरधाम – धनुषामा पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

    यस्तै पीडितलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरेका थिए ।

    यसअघि २५ साउनमा धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका साहलाई अदालतले बिहीबार सजाय निर्धारण गरेको हो ।

    अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिनुभयो।

    साउन २५ गते न्यायाधीश शिवाकोटीकै इजलासले एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।


    बिहिवार, भाद्र १० २०७८०५:४२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij