Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यको निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियो

काठमाडौँ उपत्यको निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियो

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नेबारे डीसीसीएमसीसँग समन्वय गर्नुपर्ने
  • बुधवार, भाद्र १६ २०७८

  • 730
    SHARES

  • काठमाडौँ उपत्यको निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियो

    काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निशेषधाज्ञा भदौ मसान्तसम्म लम्बिएको छ । काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले जारी निषेधाज्ञा भदौ समासन्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

    यद्यपि, उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । भदौ १७ देखिको निषेधाज्ञामा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

    सूचना हेर्नुहोस् :

    aades-5-16-078_UctJYg2VB4.jpg


    बुधवार, भाद्र १६ २०७८०३:०२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij