Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बराबरीमा सकियो नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल

बराबरीमा सकियो नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल

  • बिहिवार, भाद्र १७ २०७८

  • 966
    SHARES

  • बराबरीमा सकियो नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल

    काठमाडौँ । नेपाल र भारतबीको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् ।

    दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

    तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो आइतबार दशरथ रङ्गशालामा नै हुनेछ ।


    बिहिवार, भाद्र १७ २०७८०७:२६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij